तत्काल निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । मंगलबार बसेको संघको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

तीन महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने वाणिज्य बैंकहरुले सहमति गरेका हुन् । वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३) को १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए ।

अघिल्लो महिना सबैको मुद्दती निक्षेपमा दिएको ब्याजदरको औसत ११.०३ प्रतिशत थियो भने अर्को महिनाका लागि त्यसमा १ प्रतिशत थपेर १२.१३ प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *