सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त साझेदार मनमोहनराज काफ्लेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानून तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले सम्पादन गर्ने भएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *