१५ लाख घुससहित बनेपा नगरपालिकाका वडाध्यक्ष वादे पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । वडा अध्यक्ष वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले विज्ञप्तिमा बताएका छन् ।

वादेका चालकलाई पनि नियन्त्रणमा लिएको छ । उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् ।

दुबै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *