कामना सेवा बैंकको नाफा ३२ प्रतिशत बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ९५ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको नेट फि एण्ड कमिसन आम्दानी १२ करोड ३२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १६ करोड रुपैयाँ, सञ्चाल नाफा ३७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १०.६४ प्रतिशत अर्थात् १७ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेड कोष १ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३.३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २२.३६ गुणा रहेको छ । बैंकको खराब कर्जा दर पनि घट्दो छ । गत वर्ष ३।७० प्रतिशत रहेकोमा पुससम्म घटेर खराब कर्जा ३.४२ प्रतिशत मा झरेको छ । यस्तै, आधार दर ११ प्रतिशत, कर्जा निक्षेप (सीडी) रेसियो ८०.४१ प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *