नेपाल राष्ट्र बैंकले ६ वटा सवारी बेच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कम्पनी ६ वटा सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने जनाएको छ । बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ ।

सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी माघ २२ गतेभित्र सिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले बिक्रीमा राखेका सवारीको मूल्य ६ लाख ६३ हजार रुपैयाँदेखि २५ लाख ५५ हजार रुपैयाँसम्म तोकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *