प्रधानमन्त्री ओली नेतृत्वको क्याविनेटमा तीन राज्यमन्त्री नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा तीन राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) एक र कांग्रेसका दुईजनालाई राज्यमन्त्री नियुक्त गरेसँगै ओली क्याविनेटले पूर्णता पाएको हो । नाउपाबाट अरुणकुमार चौधरी, कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ राज्यमन्त्री भएका छन् ।
विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री बनेका छन् ।