एनआईएमबीको ८.८२ प्रतिशत ब्याजमै ईभी कार कर्जा

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकिङ क्षेत्रमै सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साउन महिनाका लागि ८.८२ प्रतिशत ब्याजदरमा ईभी कार कर्जा उपलब्ध गराउने भएको हो । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले ईभीमा कम ब्याजदरमै लोन उपलब्ध गराउने बैंकले जनाएको छ । हरियाली यात्राको साथ ईभी कार कर्जाको साथ भन्ने नाराका साथ बैंकले साउन महिनाका लागि मात्रै ८.८२ प्रतिशतमै कर्जा दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *