सुनको मूल्य एकैदिन हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेर एक हजार ७९५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *