विद्युत् प्राधिकरणले बिहारमा पनि ४० मेगावाट विद्युत् निर्यात
काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताअन्तर्गत भारतको बिहारमा पनि विद्युत् निर्यात शुरु गरेको छ । प्राधिकरणले गत शुक्रबारबाट बिहारमा ४० मेगावाट(मेवा) विद्युत् निर्यात गरेको हो ।भारतले गत भदौ ३ गते नेपालका विभिन्न १० जलविद्युत् परियोजनाको १२५ मेगावाट विद्युत् बिहारमा बिक्री गर्न प्राधिकरणलाई स्वीकृत दिएको थियो ।
जसअनुसार भारतको नेशनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी) ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि पहिलो चरणमा तीन परियोजनाको ४० मेगावाट विद्युत् निर्यात शुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताएका छन् ।