सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सम्झौता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले अन्तराष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ सँग सम्झौता गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई संस्थाबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रममार्फत पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले दुई संस्थाबीच सहकार्य हुने भएको हो । सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिति रहेको थियो ।

सहमतिअनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई ५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकममध्ये २.५ लाख रुपैयाँ शौचालय निर्माणको लागि र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबहरूमार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलमामा सञ्चालन हुने युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ। सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको बताए । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनाहरूमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *