प्रभु बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । प्रभु बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौको ब्याजदर नै असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । यसअघि बचत खातमा भदौामा सोही ब्याजदर थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *