लक्ष्मी सनराइज बैंकमा निक्षेपको ब्याजदर स्थिर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ४ महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको नै कायम राखेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याज दिनेछ ।

यसअघि भदौ, असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत तोकेको छ । बैंकको आधार ८.३९ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि भदौमा ८.९० प्रतिशत आधारदर थियो । बैंकको आधारदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *