सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म सञ्चालन हुने “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको सिटी एक्सप्रेसले जनाएको छ ।

यो योजना १ असोजदेखि ३० मंसिरसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *