अदालतको कारबाहीमा अवरोध गरेको भन्दै रास्वपा सांसदबिरुद्ध प्रहरीमा जाहेरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ ।
आफूलाई राष्ट्रसेवक बताउँदै आएका युवराज सफलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५०) को उपदफा(४)बमोजिम ३ वर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी पेस गरेका हुन् । उनले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गदै आफूले जाहेरी पेस गरेको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन् :
नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० )को उपदफा(४)बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी पेश गरेको छु ।