रास्वपाको सडक प्रदर्शन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठले पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई आज काठमाडौंमा निरन्तरता दियौं । अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्छौं । काठमाडौं जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो । विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी पार्टीले निर्णय लिने श्रेष्ठले बताए । ‘विरोध कार्यक्रम गर्नका लागि उपत्यकामा पार्टीको एउटा संरचना बनाएर त्यसमा गर्ने सम्भावना छ । रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक समयावधि थपेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *