सामसुङले ३ पटक फोल्ड गर्न मिल्ने अनौठो स्मार्टफोन ल्याउँदै

सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन Samsung Fold का विभिन्न ह्याण्डसेट बजारमा उपलब्ध छ । अब चाहिँ कम्पनीले तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन अर्थात् Tri-fold स्मार्टफोन पनि ल्याउँदैछ । एन्ड्रोइड पुलिस पोर्टलका अनुसार सामसुङले आउँदो वर्ष सो स्मार्टफोन बजारमा ल्याउने योजना बनाएको छ । चिनियाँ कम्पनी हुवावेले एक महिनाअघि मात्रै विश्वमै पहिलोपटक ट्राइफोल्ड स्मार्टफोन हुवावे मेट एक्सटी लञ्च गरेको थियो । सामसुङले अब हुवावेको उक्त स्मार्टफोनसँग ट्राइफोल्ड स्मार्टफोनको बजारमा पनि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । हुवावेले ट्राइफोल्ड स्मार्टफोन सार्वजनिक गरिसकेको भएपनि यो विश्व बजारमा हालसम्म उपलब्ध गराइनसकेको हुँदा बजारमा आउनेमा सामसुङकै फोन पहिलो हुनसक्ने सम्भावना पनि छ । कम्पनीले ट्राइफोल्ड स्मार्टफोनका लागि काम सुरु गरिसकेको छ ।

रिपोर्ट अनुसार सन् २०२५ मा सामसुंगको उक्त फोन लञ्च हुनेछ । कम्पनीको डिस्प्ले शाखाको तर्फबाट ट्राइफोल्ड स्क्रिनको विकासको काम भैसकेको छ । यद्यपि फोन लञ्च गर्न आधिकारिक मिति भने सार्वज्निक भएको छैन । हुवावेको मेट एक्स टी अलिहेको एक्लो ट्राइफोल्ड स्मार्टफोन भएता पनि यो चीन बाहिर उपलब्ध छैन । अमेरिकाले प्रतिबन्ध लगाएसँगै हुवावेले अन्तराष्ट्रिय बारमा नगन्य रुपमा फ्लागसीप फोन लञ्च गर्ने गर्दछ । त्यसैले अर्को वर्ष सामसुङले ट्राइफोल्ड फोन लञ्च गर्दा त्यो नै विश्व बजारमा लञ्च हुने पहिलो ट्राइफोल्ड फोन बन्नेछ । स्मरण रहोस् हुवावे मेट एक्सटीमा ६.४ इन्चको ओएलइडी डिस्प्ले छ, जसलाई अनफोल्ड गर्दा १०.२ इन्चको बन्दछ । यसको स्क्रिन दुई ठाउँबाट फोल्ड गर्न सकिन्छ र स्क्रिन ३ पटक दोब्रिन्छ । हुवावे मेट एक्स टीमा ५० मेगापिक्सेलको मुख्य क्यामेराका साथै १२ मेगापिक्सेल अल्ट्रावाइड एंगलयुक्त सेकेन्डरी क्यामेरा पनि छ । तेस्रो क्यामेरा चाहिं १२ मेगापिक्सेलको टेलिफोटो लेन्सयुक्त क्यामरा छ । यो फोन ५६०० मिलि एम्पियर आवरको सिलिकन कार्बन ब्याट्री रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *