सांस्कृतिक महासंघ बागमती प्रदेशको विविध सांस्कृतिक कार्यक्रम

भक्तपुर । लोकतान्त्रिक समाजवादका लागि लोकतान्त्रिक संस्कृति जागरण अभियान अन्तर्गत नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेशले नेपाली काँग्रेस केन्द्रीय समितिको “१०० दिने विशेष अभियान” भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि एवम् नेता बलबहादुर के.सीको प्रमुख आतिथ्यतामा किङ्स बैक्वेट सूर्यविनायक ३ बालकोटमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो।

उक्त कार्यक्रममा बागमती प्रदेशका सभापति माननीय इन्द्रबहादुर बानियाँको बिशेष अतिथि तथा जिल्ला सभापति माननीय दुर्लभ थापा, माननीय सुरेश श्रेष्ठ, पूर्व मन्त्री कृष्णलाल भँडेल, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठको समुपस्थितिमा जिल्लास्थित उच्च नेता तथा सांस्कृतिक महासंघका कलाकार साथीहरू उपस्थिति रहेका थियो ।

उक्त अवसरमा शुभदिपावली ,नेपाल सम्वत तथा छड पर्वको शुभकामना आदान प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *