बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाण्डौं । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोकमा बाढी प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरेको छ।

सिप्रदियन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतम लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रतिघर डसना, सिरानी, झुल, जग, बाल्टिन, गिलास र थाल वितरण गरिएको हो। कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ, अच्युत उप्रेती लगायतको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *