प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए । नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, ओलीले भने ।

ढुंगानाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको छ । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायतले सहभागीता जनाएका छन् । श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *