नेपाल यू १९ टोलीले जित्यो कर्नाटकविरूद्धको सिरिज

काठमाण्डौं । नेपाल यू १९ पुरुष टोलीले कर्नाटविरुदको अभ्यास खेलेको सिरिज जितेको छ। एसीसी मेन्स यू १९ एसिया कपको तयारीका लागि नेपाल र कर्नाटले पाँच एकदिवसीय सिरिज खेलेको हो। काठमाडौँमा भएको सो अभ्यास खेलमा नेपालले ३ २ ले सिरिज जित्यो। अभ्यास खेल अन्तर्गत भएको अन्तीम खेलमा नेपालले कर्नाटमाथि ७ विकेटको जित हासिल गरयो। नेपालका दुई खेलाडीले अर्धशतक बनाए। ओपनर आकाश त्रिपाठी र मयन यादवले अर्धशतकीय पारी खेले। आकाशले नटआउट ८१ रन बनाउँदा मयनले ५० रन बनाएका थिए।

नेपालका अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादवले ४ रन बनाए। बिहिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर टिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोडेको थियो। कर्नाटको लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे। इसा पुथिगेले ३८ रन जोड्दा कर्नाटको लागि ओपनर गगन रावले ३४ रन जोडे। यता, नेपालको लागि हेमन्त धामीले ३ विकेट लिँदा अभिषेक तिवारी, युवराज खत्री र नरेन साउदले समान २ २ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *