सिप्रदीको ‘एक्समस एक्सचेन्ज’ आजदेखि, ‘टियागो र पञ्च ईभी’ साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङको ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आजदेखि सुरु भएको छ । शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा टाटा ब्रान्ड मन पराउने ग्राहकहरूको लागि उत्कृष्ट हुने कम्पनीको भनाइ छ । कार्यक्रममा टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पञ्च ईभी, जुनसुकै ब्रान्डका पुराना गाडीसँग साट्न सकिने छ ।

टाटा मोटर्सको देशभर रहेका सोरुमहरूमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, एकवर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने सिप्रदीले जनाएको छ । सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *