आइ.सि.एफ.सि.फाइनान्सको एक्काइसौं वार्षिक साधारण सम्पन्न

काठमाण्डौं । आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्नो एक्काइसौं वार्षिक साधारण सभा बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।

संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्यलाई आगामी चार वर्षको लागी निर्विरोध निर्वाचित हुनु भएको छ । चुक्ता पूँजी रु. एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को असोज मसान्तसम्म रु. १८ अर्ब ६३ करोड निक्षेप संकलन र रु. १५ अर्ब ४३ करोड कर्जा प्रवाह गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *