सूर्य नेपालको देशमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

काठमाडौं । सूर्य नेपाल प्रालिले विस्कुट उत्पादन क्षेत्रमा विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यसै क्रममा एक कदम अघि बढ्दै सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ । अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको छ ।

यस क्रममा उच्चकोटीका सामग्रीहरुमा कफी र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफीका पारखीहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ । सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिईएको छ । सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ । अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सक्नेछन् । यसको ७५ ग्रामको आकर्षक प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *