चोरीको फोन कसले लिने भन्ने विषयमा विवाद,२३ वर्षीय संघर्षको हत्या
काठमाडौं । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरीका २२ वर्षीय युनिक लामा, सिन्धुपाल्चोकका विशाल तामाङ र झापाको भद्रपुरका क्षितिज कार्की छन् । उनीहरूमाथि काभ्रेको धुलिखेलका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको हत्या गरेको आरोप लागेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, गौशालाको कुमारीगालस्थित महेश्वरीमार्गमा आइतबार राति दुई समूहबीच भएको झडपमा परी अमृत भनिने संघर्ष कार्कीको ज्यान गएको थियो । अनुसन्धानबाट घटनामा उनीहरू संलग्न रहेको पाइएको छ । प्रहरी अनुसन्धानका क्रममा चोरी गरिएको मोबाइल कसले लिने भन्ने विषयमा विवाद हुँदा उनीहरूबीच चक्कु हानाहान भएको देखिएको छ । पक्राउ परेकामाथि प्रहरी वृत्त गौशलाको टोलीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।