वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदरमा अधिकांश मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । फागनुमा बैंकहरूको ब्याजदर औसत संस्थागततर्फ ०.०१ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । जबकी माघमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ४.५० प्रतिशत ब्याजदर कायम छ । साथै फागुनमा मुद्दती निक्षेपको व्यक्तिगततर्फ बैंकहरूको औसत ब्याजदर ६ प्रतिशत कायम छ । माघमा पनि सोही ब्याजदर कायम थियो । २० वाणिज्य बैंकहरूमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा निरन्तरता दिएका छन् भने २ बैंकले घटबढ गरेका छन् । लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटेर ५.५ प्रतिशत निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले ०।२५ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत तोकेको छ । फागुनमा कृषि विकास बैंकले ५.५१ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, नेपाल बैंकले ५.६ प्रतिशत, कुमारी बैंकले ५.९१ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, प्राइम बैंकले ६.२५ प्रतिशत, सिटिजन्स बैंकले ६.६५ प्रतिशत ब्याजदर तोकेको छन् । प्रभु बैंकले ६.१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत, सद्धार्थ बैंकले ६ प्रतिशत, एनआइसी एशिया बैंकले ६.६ प्रतिशत ब्याजदर तोकेको छ । नबिल बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।