नेमकिपाको अध्यक्षमा विजुक्छे सर्वसम्मत चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष विजुक्छे नै छन् ।

बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *