जन जन्नी बचत सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

धनुषाको धारापानीमा संचालनमा रहेको जन जन्नी बचत तथा ऋण सहकारी संस्थाले श्री माध्यमिक विद्यालय धारापानी, धनुषाका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्धेश्यले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । सहकारी संस्थाका अध्यक्ष रेशम प्रसाद वास्तोलाले बैंक वित्तीय संस्थाको परिचय, बचत परिचालन, कर्जा उपयोग, पारिवारीक बजेट, प्रविधिको प्रयोग र दुरुपयोग जस्ता विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका हुन । विद्यालयका शिक्षक समिर भण्डारीले कार्यक्रममा बोल्दै विद्यार्थीले कक्षा कोठामा पढेका कुराहरुलाई वित्तीय साक्षरताको माध्यमबाट अझ प्रष्टसंग बुझ्ने अवसर प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिँदै अनावश्यक खर्च नगरी बचत गर्ने बानीको विकास गर्न विद्यार्थिलाई आग्रह समेत गरे ।

सहकारी संस्थाले विद्यालय स्तरीय वित्तीय साक्षरताको आयोजना गरी विद्याथीलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्धेश्य राखी यस अघि पनि यज्ञभुमि क्याम्पस, क्रियटिभ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता गरिएको र आगामी दिनमा पनि समुदाय केन्द्रीत साक्षरता कार्यक्रमको आयोजना गरिने अध्यक्ष वास्तोलाले बताए । सहकारी संस्थाले विभिन्न अस्पतालसँग समन्वय गरेर सदस्यको उपचार खर्चमा छुट सुविधा प्रदान गर्ने गरेको, स्वास्थ्य शिविरहरु संचालन गरेको, विधुत महसुल भुक्तानी र रेमिट्यान्स भुक्तानीमा सहजीकरण गरी समुदायको मन जित्न सफल भएकोमा यस प्रकारका वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर विद्यार्थी बर्गलाई समेत वित्तीय जागरण गराउन सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *