कृषि विकास बैंकको मोबाइल एपमा अब नयाँ ‘एडीबीएल पे फण्ड ट्रान्सफर’को सुविधा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल पे थप गरी सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरू बैंकको एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत प्रदान गर्दै आइरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा फन्ड ट्रान्सफर तथा वालेट लोड सुविधा सञ्चालनमा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ एप ’एडीबीएल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूले रकम ट्रान्सफर गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नम्बर र खातावालाको नामसहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्कसँग रकम पठाउन सक्छन् । यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ ।

यस्ता छन् विशेषताहरू

मोबाइल बैंकिङ एपमार्फत रकम ट्रान्सफर गर्न सकिने

कृषि विकास बैंकका ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने

द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने

छिटो, छरितो र सहज कारोबार हुने

ग्राहकमैत्री सहज सञ्चालन गर्न सकिने तुरुन्तै कारोबार हुने

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *