सांग्रिला डेभलपमेन्ट बैंकको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र आकर्षक ब्याजदरसहितको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ । ५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई ५ प्रतिशत) ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुनेछ ।
बैंकका अनुसार यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न मिल्छ । यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेविट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउनेछन् । यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डीम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुने छ । सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।