जगदम्बा मोटर्सको नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक
काठमाडौं । टीभीएस एनटर्कको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नेपालकै पहिलो १० पीएसभन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ । एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सीमाभन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् ।
स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति मात्र ८।३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलोमिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ । यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ । एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्स प्रालिले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । देशभर टीभीएसका १५० भन्दा बढी डिलरहरू छन् ।