घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ।

सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्यले पदभार सम्हालिसकेका छन् ।यस प्रकणमा कुलमानले दिएको मुद्दामा सर्वोच्चले आजका लागि पेसी तोकेको हो । यो रिट सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा परेको छ । कुलमानले दायर गरेको रिटमा भनिएको छ- ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि चार वर्षको अवधि अगावै सेवाबाट हटाउने कार्य नगर्नु र सेवामा रही नियमित कामकाज गर्न नरोक्नु नरोकाउनु, कुनै बाधा व्यवधान नगरी यथावत काम कारवाही गर्न दिनु।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *