रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने,भोलि विमान मार्फत भैरहवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार उनलाई भोलि विमान मार्फत भैरहवा लगिनेछ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *