आज दुई दलीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ । बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दै छ।

बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।

भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो । संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *