अभिनेत्री नीति शाह विवाह बन्धनमा

काठमाडौँ । अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको हो । दुवै करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । याञ्चित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । उनी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् ।

सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । सोही वर्ष उनको दोस्रो फिल्म ‘ज्वाइँ साब’ पनि रिलिज भएको थियो ।

अब उनको तेस्रो फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *