बारले भोलि दिउँसै लालटिन बालेर न्याय खोज्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरु दर्ता गर्न अस्वीकार गरेको विरोधमा भोलि जेठ ५ गते न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म ७ उजुरी परेको जानकारी दिए । … पूरा पढ्नुहोस् »

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी

काठमाडौं । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी … पूरा पढ्नुहोस् »

‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’

सपना प्रधान मल्ल कामु प्रधानन्यायधीशसर्वप्रथम कानून दिवस, २०८३ को अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालाई संस्थागत गर्दै मुलुकमा … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा डा. शर्माको सिफारिस रोक्न सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा भएको सिफारिसबारे आकस्मिक बैठक बसेर समान धारणा बनाउँदै बार

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । बारले प्रधानन्यायाधीशमा भएको सिफारिसबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको छ … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । बदलिँदो शासकीय राजनीति र अन्योलबीच उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा बिहीबार … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री साहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार … पूरा पढ्नुहोस् »

लाइसेन्सको नतिजा निकाल्दा नागरिकता नम्बर सार्वजनिक गर्न निषेध

काठमाडौँ। सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रको परीक्षाफल प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले व्यक्तिको … पूरा पढ्नुहोस् »

छोराछोरी नभएकी विधवाले अर्को बिहे गरे पूर्वपतिको सम्पत्ति आफ्नै हुने कानुन खारेज

काठमाडौँ । अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, … पूरा पढ्नुहोस् »