अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्नी सीता दाहालले मृत्यु पनि शान्त रोजेको बताएका छन् ।

आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताएका हुन् ।

प्रचण्डले अन्तिम अवस्थामा आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता रहेको भन्दै बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको बताए ।

सीता दाहालको निधन भएको सातौं दिनमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व प्रधानमन्त्री , बिभिन्न दलका नेता, शुभेच्छुक लगाएत सहभागी भएका थिए ।

श्रद्धाञ्जली सभामा प्रचण्डले सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद प्रकट गरेका थिए । उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको र थप जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको उल्लेख गरे ।

लामो समयदेखि अस्वस्थ सीता दाहालको असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *