गच्छदार, खाँण र गुरुङबारे कांग्रेसले कुनै निर्णय नगर्ने

काठमाडौं । भ्रष्टाचार र ठगी मुद्दा लागेका नेपाली कांग्रेसका तीनजना केन्द्रीय सदस्यबारे केन्द्रीय समिति बैठकमा कुनै एजेन्डा नबन्ने भएको छ । करिब एक सातासम्म चल्ने बैठकमा चुनावदेखि सरकारमा सामेल मन्त्रीहरूको कामकारबाहीसम्मको समीक्षा हुने भएको छ । तर, तीन केन्द्रीय सदस्यबारे बैठकमा पार्टीले एजेन्डा नबाउने भएको छ ।

कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र टेकप्रसाद गुरुङमाथि भ्रष्टाचार र ठगी मुद्दा छ । गच्छदार बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् । उनी अहिले १० लाख धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा तारिख बुझिरहेका छन् ।

खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनीमाथि लागेको आरोप पुष्टि नभए पनि हिरासतमा राखेर मुद्दा लड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सांसदसमेत रहेका गुरुङ भृकुटीमण्डपमा फनपार्क सञ्चालन गर्दा भ्रष्टाचार भएको भन्दै विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । संघीय संसद्ले उनको सांसद पद निलम्बन गरेको छ । उनी मनाङबाट निर्वाचित हुन् । तीनैजनालाई निलम्बन गर्ने विषयमा सभापति शेरबहादुर देउवाले कुनै छलफल थालेका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *