इन्भेष्टमेण्ट मेगा बैंकका सीईओको तलब भत्ता करिब साढे ५ करोड, राज्यलाई तिरे ३६ प्रतिशत कर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षमा बैंकका प्रमुख कार्यकारी (सीईओ) ज्योति प्रकाश पाण्डेलाई ५ करोड ३७ लाख ९ हजार ५४० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । बैंकले सीईओ पाण्डेलाई १ करोड ६० लाख ७६ हजार ५२ रुपैयाँ तलब, १ करोड ७ लाख १७ हजार ३५६ रुपैयाँ भत्ता, दशैं भत्ता २२ लाख ३२ हजार, सञ्चय कोषमा १६ लाख ७ हजार ६०५ रुपैयाँ, बोनस बापत १ करोड ६४ लाख ६९ हजार १४६ रुपैयाँ भुक्ताी गरेको छ ।

सीईओले पाएको उक्त रकमबाट राज्यलाई ३६ प्रतिशत कर तिरेका छन् । बैंकले गत आवमा सीईओलाई तलब र भत्ता बाहेक सीईओलाई पानी बिजुली टेलिफोन बिलहरू वास्तविक रूपमा प्रमुख कार्यकारीलाई फिर्ता गरेको जनाएको छ । सीईओलाई चालक, इन्धन र मर्मत र मर्मतसम्भार सहितको गाडी उपलब्ध गराउने, ऐन अुनसार बोनस दिने, दुर्घटना बीमा, चिकित्सा बीमा, जीवन बीमा, पुस्तक र पत्रिका तथा तीन सुरक्षा गार्ड बैंकले उपलब्ध गराइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *