लक्ष्मी महिला साकोसको २६ औं साधारण सभा सम्पन्न,हिमाली श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभाले हिमाली श्रेष्ठको अध्यक्षतामा चार बर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कविता कार्की, सचिवमा सकुन्तला श्रेष्ठ,सह सचिवमा सर्मिला अधिकारी र कोषाध्यक्षमा कल्याणी चन्द्र ठकुरी चयन भएकी छन् । त्यसैगरी संस्थाको सञ्चालक समिति सदस्यहरुमा अनिता सापकोटा,ज्योति हुमगाई,प्रमिला श्रेष्ठ,प्रियंका श्रेष्ठ,ममिता श्रेष्ठ,रिता बराल,सुजना योगल श्रेष्ठ र सूर्यकमल श्रेष्ठ चयन भएका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा सोमिता थापा मगर र सदस्यहरुमा प्रतिज्ञा भण्डारी र मिना श्रेष्ठ चयन भएको संस्थाले जनाएको छ ।
साधारण सभामा २९ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी बाल बचतकर्ता, असल बचतकर्ता र ऋणी सदस्य एवं एस.ई.ईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो । संस्थाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिबेदन सचिव सकुन्तला श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्मिला अधिकारीले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सोविता थापा मगरले सभामा प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी २ करोड ९४ लाख ७० हजार, बचत निक्षेप २२ करोड ३१ लाख ६४ हजार, ऋणलगानी १९ करोड १५ लाख ९० हजार, नाफा ४६ लाख ७२ हजार रहेको छ । महिलाद्धारा सञ्चालीत नमुना सहकारीको रुपमा रहेको उक्त संस्थाले महिला सदस्यहरुलाई आत्मर्निभर बनाउनका लागी विभिन्न सिपमुलक तालिम, सामुहिक लगानी, नवदुलही भेटघाट, प्रसुती राहत सेवा, मृत्यु राहत सेवा, विरामी राहत लगाएतका थुप्रै सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले वताए ।
















