आयोगले बोलाएपछि लेखकले सभापति देउवासँग परामर्श लिँदै
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् । आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास जाँदै छन् । महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । तर, समय भने खुलाइएको छैन । ‘छलफलका लागि आउने कुरा छ ।
आउनुहुन्छ, स्रोतले भन्यो । यसअघि नेता लेखकले आयोगले बयान दिन बोलाएको विषयमो ‘सल्लाह गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ । ‘पत्र हिजो (मंगलबार) पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन, ‘के गर्ने भनेर सल्लाह गर्दैछु । विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।
















