निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार,‘मार्केट लिडर’मा सलिको र शिखर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गर्दै १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। बीमा व्यवसायमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। यस अवधिमा कम्पनीले २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *