बालकुमारी साकोसको २५औं साधारणसभा,भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी हुन सफल

भक्तपुर । मध्यपुर थिमि ४ मा उत्कृष्ट ब्यवस्थापनका साथ सञ्चालित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा थिमि बैंक्वेटमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले गरेका थिए । साधारणसभामा अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था समुदाय र सदस्य केन्द्रित वित्तीय कारोबारमा केन्द्रित हुँदै आएको बताए । सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सहकारी ऐन, नियम तथा आन्तरिक नीति–कार्यविधिको पूर्ण पालना गरिएको कारण संस्थाको वित्तीय सूचक निरन्तर सुदृढ बन्दै गएको जानकारी गराए । समुदायमा आधारित कारोबार र सदस्यहरूको निरन्तर विश्वासकै कारण बालकुमारी साकोस भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित हुन सफल भएको अध्यक्ष श्रेष्ठको भनाइ थियो । संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले आर्थिक वर्ष २०८१।०८२ को कार्यक्रमिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था स्पष्ट नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन भइरहेको बताए । सदस्य सहभागितामा बीमा, सहकारी शिक्षा, विस्तारित मञ्च, स्वास्थ्य शिविरलगायत विभिन्न सामुदायिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको जानकारी पनि उनले दिए । साधारणसभामा कोषाध्यक्ष सुदिप श्रेष्ठले वित्तीय विवरणसहित आर्थिक वर्ष २०८२।०८३ का लक्ष्य प्रस्तुत गरे। त्यसैगरी लेखा सुपरीवेक्षण समितिका सदस्य लक्ष्मीशोभा श्रेष्ठले समितिको प्रतिवेदन सभामा प्रस्तुत गरिन् ।

सभामा जेष्ठ सदस्य सम्मानअन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. ५ ताहननीका गोपाल प्रजापति, वडा नं. ४ तछुटोलका कृष्णकुमार श्रेष्ठ, वडा नं. ४ दथुटोलकी धनमाया हाकुतरी श्रेष्ठ तथा वडा नं. ४ दथुटोल निवासी सदस्य नं. ३८२७ की श्री गणेशमाया सिनारी श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी शेयर सदस्यका छोरा–छोरीमध्ये २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट ४.०० जिपिए ल्याई उत्तीर्ण हुने शंखधर मेमोरियल स्कूल, मध्यपुर थिमि–४ का विद्यार्थी ईभाना श्रेष्ठ (शेयर सदस्य सुबिता श्रेष्ठकी छोरी) तथा माधव बहादुर श्रेष्ठका छोरा मानस श्रेष्ठलाई सम्मान गरिएको थियो । साधारणसभामा पीएचडी तथा मास्टर डिग्री हासिल गरेका संस्थाका सदस्यहरूलाई सम्मान गरिनुका साथै आदर्श माध्यमिक विद्यालय, लाय्कू–थिमि र बालप्रेमी माध्यमिक विद्यालय, विष्णुवीर स्थान–थिमिका दुई–दुई जना विद्यार्थीलाई बालकुमारी छात्रवृत्ति प्रदान गरिएको थियो । यसै अवसरमा २५ वर्षदेखि निरन्तर कार्यरत संस्था अधिकृत बालकृष्ण श्रेष्ठलाई दीर्घसेवा सम्मान प्रदान गरिनुका साथै आर्थिक वर्ष २०८१।०८२ का उत्कृष्ट कर्मचारी केशवलाल श्रेष्ठ र सुशिला श्रेष्ठलाई पनि पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभामा उपाध्यक्ष महेन्द्रकुमार जोशीले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *