कालिञ्चोक दर्शनको लकइन अवधि माघमा सकिंदै

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख ४१ हजार ६०० कित्ता शेयरको लकइन अवधि माघ १७ गते सकिंदैछ। कम्पनीको संस्थापकतर्फको ४८ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख २० हजार कित्ता र कम्पनीको कर्मचारीतर्फको २१ हजार ६०० कित्ता शेयरको लकइन सकिने भएको हो। कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक समूह, आयोजना प्रभावित स्थानीय बासिन्दा र कम्पनीमा कार्यरत कर्मचारीहरूको शेयर ३ वर्षसम्म कारोबार गर्न नपाउने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ। लकइन अवधि सकिएपछि शेयर किनबेच गर्न सकिनेछ तर कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकी पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *