कतारले राष्ट्रिय दिवसका अवसरमा १३ नेपाली कैदीलाई आममाफी
काठमाडौं । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको छ । कतारले आममाफी दिएपछि नेपाल सरकारले हार्दिक आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको हो । परराष्ट्रले विज्ञप्तिमा मानवीय आधारमा १३ नेपाली कैदीलाई आममाफी दिइएको आममाफीको उच्च मूल्यांकन गरेको जनाएको छ ।
















