रामाडा बाइ विन्डम इटहरीको महाप्रबन्धकमा अभिमन्यु कायस्थ नियुक्त

काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्डम इटहरीको महाप्रबन्धकमा अभिमन्यु कायस्थलाई नियुक्त गरेको छ। भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डेड होटलहरूमा तीन दशकभन्दा बढी समय वरिष्ठ तहमा काम गरिसकेका कायस्थलाई पाँचतारे स्तरको इटहरीको रमाडा होटलको महाप्रबन्धक नियुक्त गरिएको एबी एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले बताएका छन् । कायस्थसँग होटल प्रि–ओपनिङ, एसेट पुनःस्थापना तथा कार्यसम्पादनमुखी सञ्चालनको गहिरो अनुभव रहेको छ ।

लामो समयपछि नेपाल फर्किएका कायस्थको नियुक्तिलाई एबी होल्डिङ्सले विश्वस्तरीय अनुभव बोकेका आतिथ्य क्षेत्रका नेतृत्वकर्ता हुने बताएको छ । उनको नेतृत्वले होटल सञ्चालनमा अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्ड, सुदृढ सुशासन र दीर्घकालीन मूल्य सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा पनि होटलले गरेको छ । सञ्चालनको अन्तिम तयारीमा रहेको रामाडा बाइ विन्डम इटहरी चाँडै उद्घाटन हुने पनि होटलले जानकारी दिएको छ । कायस्थको नियुक्तिले पूर्वी नेपालको आतिथ्य उद्योगलाई थप सबल बनाउने विश्वास एबी होल्डिङ्सले व्यक्त गरेको छ। कम्पनीले उनको नेतृत्वबाट रामाडा इटहरीलाई यस क्षेत्रकै नमूना ब्रान्डेड होटलका रूपमा स्थापित गर्ने दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *