महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सुविधा अभिवृद्धिका लागि ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्ने भएको छ । बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना घोषणा गरेको छ । हाल बैंकको दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सेदारी औसतमा ८० प्रतिशत रहेको छ । यसलाई अझ बढावा दिन बैंकले महालक्ष्मी स्मार्ट साथी मोबाइल एपमार्फत विभिन्न आकर्षक सुविधा थप गरेको छ। ग्राहकहरूले एपमार्फत मुद्धती खाता खोल्दा व्यक्तिगत मुद्धतीमा प्रदान हुने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याज पाउने छन् । साथै, भर्चुअल र साधारण क्रेडिट कार्डको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी र मोबाइल बैंकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्राप्त हुनेछ ।

ग्राहकहरूले मोबाइल एपबाट फार्मेसी बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् । अडियो मार्फत भुक्तानी पुष्टि गर्ने कोइली सेवा दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाका लागि मात्र लागू हुनेछ । बैंकले यस अभियानमार्फत डिजिटल बैंकिङ पहुँच विस्तार, नगद रहित कारोबार बढाउने र प्रत्यक्ष बैंक उपस्थितिको आवश्यकता न्यून गर्ने उद्देश्य राखेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारासहित बैंकले देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस अघि बैंकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै फोनपे, भिमपे, यु।पि।आई र गुगलपे मार्फत क्युआर कोड भुक्तानी सुविधा पनि उपलब्ध गराइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *