निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो – देउवा पक्ष

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ । देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए । शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौं ।’

निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो । आयोगले आवश्यक कागजात अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिक मान्यता दिएको जनाएको छ । पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो । देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *