सहकाली बचत तथा ऋण सहकारीको १८औं साधारणसभा सम्पन्न

काठमाण्डौ । काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राधेश्याम खड्काले स्वनियममा रहेर सदस्य केन्द्रित सेवा र सुविधाहरु प्रदान गरी संस्थागत सुशासन कायम गर्ने, संस्थालाई सदस्य तथा समुदाय केन्द्रित बनाउन अग्रसर हुने उल्लेख गरे । गत आर्थिक वर्षहरुमा तरलता संकुचन र असुलीमा भएको असहजताको कारण कर्जातर्फ चुनौति भएपनि संस्थाले चालु आ.व.मा ऋण लगानीको ठूलो हिस्सा घटाउन र बचत फिर्ता गर्न सफल भएको उल्लेख गरे ।

संस्थाका कोषाध्यक्ष किशोर बस्नेतले आर्थिक वर्ष २०८१।८२ को विवरण प्रस्तुत गर्दै असार मसान्तसम्म शेयरपुँजी ९ करोड ७७ लाख रहेको जानकारी दिए । संस्थामा ३०३३ जना सदस्य रहेका छन् । संस्थाले त्यस अवधिमा ७६ करोड ५३ लाख बचत संकलन गरी ९८ करोड ४८ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ३० करोड ९६ लाख रहेको छ । लेखा सुपरीवेक्षण समितिका संयोजक कुमारप्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको मुख्य ब्यवसाय बचत तथा ऋण सापटीमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *