टिकट नपाएपछि पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश
जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोजेका हुन् । एमालेका केन्द्रीय सदस्य प्रभु हजराका अनुसार आइतबार मध्यराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादव एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि असन्तुष्ट बनेका यादव वीरगन्जका मेयर राजेशमान सिंहसहितका कार्यकर्ताहरूसमेत सोमबार एमाले प्रवेश गरेका हुन् एमाले प्रवेशसँगै यादव पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने आंकलन गरिएको छ । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाव जितेका थिए ।
















