युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । विभिन्न व्यक्तिको मानमर्दन र अफवाह फैलाउने खालका क्रियाकलाप सामाजिक सञ्जालमार्फत् गरेको देखेपछि हामीले नियन्त्रणमा लिएका हौँ, थापाले भने । प्रहरीका अनुसार उनलाई काठमाडौंको तीलगंगाबाट मंगलबार पक्राउ गरिएको हो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति पाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *